शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पेन्टागनले दर्जनौं ‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउने

मङ्गलबार, १५ चैत २०७८, १७ : २२
मङ्गलबार, १५ चैत २०७८

अमेरिकी सेनाले ३३ वटा ‘एफ–२२’ र्‍यापटर्स लडाकु विमानलाई सेवाबाट हटाउने योजना बनाइरहेको छ । नयाँ फाइटर जेटलाई कोष उपलब्ध गराउन आवश्यक अनुसन्धानका लागि यी विमानलाई सेवाबाट हटाउने योजना बनाइएको अमेरिकी सेनाले जनाएको छ ।

पेन्टागनले झन्डै ३ दर्जन लडाकु विमानलाई एरिजोनामा रहेको डेभिस मोन्थानमा पठाउने योजना रहेको जनाएको छ । यसले अर्को पुस्ताको हवाई बर्चश्व कार्यक्रममा आवश्यक पर्ने अनुसन्धान र विकासमा कोष उपलब्ध हुने बताइएको छ । यसलाई कंग्रेसको समर्थन प्राप्त भएमा अमेरिकी कुल ‘एफ–२२’ फ्लिटको सङ्ख्या १८६ बाट १५३ मा झर्नेछ ।

फ्लोरिडाको इग्लिन एएफबीबाट भर्जिनियामा विमान सार्ने योजना तीन वर्षभन्दा बढी अवधिसम्म रोकिएको थियो । वायु सेनाले पुराना ‘एफ–२२’ हाल तालिमका लागि प्रयोग गरिरहेको र आक्रमणको ढाँचामा लैजान महँगो पर्ने शाखाका उपसचिव मेजर जनरल जेम्स पेसियाले बताएका छन् ।

यसलाई अपग्रेड गर्न आगामी ८ वर्षसम्म झन्डै २ अर्ब डलर लाग्ने उनले बताए । यसको सट्टा नयाँ विमानमा लगानी गर्नु उत्तम हुने उनको भनाइ थियो ।

बाँकी एफ–२२ विमानलाई भर्जिनिया, हवाई, फ्लोरिडा  अलास्काको बेसमा राखिने प्रवक्ता एन स्टेफानेकले बताएका छन् । अमेरिकी वायु सेवा सचिव फ्राङ्क केन्डालले तत्काल थप ‘एफ–२२’ लाई सेवाबाट अवकाश नदिइने बताएका छन् । यो विमान हावाबाट हावामा मार हान्न सक्ने क्षमताको भएकाले अन्य विमानलाई सेवामै राखिने उनले बताए ।

ह्वाइट हाउसले अमेरिकी इतिहासकै ठुलो सैन्य बजेटको प्रस्ताव गरेसँगै यो प्रयासले अनुसन्धान र विकासका लागि कोष बचाउने बताइएको छ । उसले आगामी वर्षका लागि ८१३.३ अर्बको बजेट ल्याउने भएको छ । यो २०२२ का लागि स्वीकृत गरिएको भन्दा ३१ अर्ब डलरले बढी हो ।

यो प्रस्तावमा युक्रेनलाई गरिने ६८ करोड २० लाख डलरको सैन्य सहयोगलाई पनि समावेश गरिएको छ । यसका साथै ‘आर एन्ड डी’मा ९.५ प्रतिशत वृद्धि गरी कुल १३० अर्ब डलर पुर्‍याइएको छ । तर स्थल सेना, जल सेना र मरिनमा संयुक्त रूपमा त्यस्तै ४३०० को सङ्ख्यामा कटौती गरिने छ । वायु सेनातर्फ २०० नयाँ सेना थप गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप