सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक सुरु

मङ्गलबार, १५ चैत २०७८, १७ : १४
मङ्गलबार, १५ चैत २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पाँच बजेपछि सुरु भएको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका कारण प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पाँच बजे मात्र सानेपा पुगेका थिए । 

शुक्रबारदेखि जारी बैठक स्थानीय तह निर्वाचनमा गठबन्धन र संसदीय समिति गठन लगायतका निर्णय गरेर आज सकिँदै छ । यसअघिका बैठकमा ‘घरघर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिले जिल्लागत रिपोर्ट सुनाएका थिए ।

उनीहरुको रिपोर्टिङपछि पदाधिकारी सहित शीर्ष नेताले आ आफ्नो धारणा राखेका थिए । सोमबार धारणा राख्ने क्रम सकिएपछि आज बैठकले गठबन्धनका पक्षमा सैद्धान्तिक निर्णय लिन लागेको हो । यस्तै निर्वाचनमा उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गर्न लागिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप