इजरायलका प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटको भारत भ्रमण स्थगित भएको छ । भारतस्थित इजरायली दूतावासका प्रवक्ता मुहम्मद हेबले सो जानकारी दिएका हुन् । सोमबार नफ्ताली बेनेटमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यसैलाई मध्यनजर गर्दै यो भ्रमण स्थगित गरिएको हो ।
बेनेटको भ्रमण अप्रिल ३ देखि ५ सम्म तय भएको थियो । यस महिनाको सुरुमा, बेनेटले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको आफ्नो पहिलो आधिकारिक भ्रमणको घोषणा गरेका थिए । आफ्नो भ्रमणका क्रममा बेनेटले प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो। यसका अलावा उनले भारतमा बसोबास गर्ने यहुदी समुदायका मानिसहरूलाई पनि भेट्ने बताइएको थियो।
इजरायली प्रधानमन्त्रीको कार्यालयले भनेको थियो, "मेरा मित्र प्रधानमन्त्री मोदीको निमन्त्रणामा पहिलो पटक भारतको औपचारिक भ्रमण गर्न पाउँदा म खुसी छु, हामी मिलेर हाम्रा देशको सम्बन्धलाई अगाडि बढाउनेछौँ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन