बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रुसलाई तत्काल युद्ध रोक्न माग

मङ्गलबार, १५ चैत २०७८, १६ : १०
मङ्गलबार, १५ चैत २०७८

मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गर्दै समाजले समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको हो ।

प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए । रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक रुपमा विस्थापित भएको र युद्धकै कारण मानव अधिकार उल्लंघनका डरलाग्दो सिलसिला सुरु भएको भन्दै समाजले युद्ध लम्बिदै जाँदा परमाणु अस्त्र प्रयोग हुने त होइन ? कतै विश्व युद्ध सुरु हुने त होइन ? मानव सभ्यता नै समाप्त हुने त होइन ? भन्ने त्रासदीप्रति चिन्ता व्यक्त गरेको छ ।

प्रदर्शन पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिव रामप्रसाद जोशी, सचिव नम्रता खरेल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतको सहभागिता  रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप