बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वाेच्चको आदेश

मङ्गलबार, १५ चैत २०७८, १५ : ५६
मङ्गलबार, १५ चैत २०७८

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । राखेपको सदस्य सचिवको नयाँ नियुक्त र पदमुक्त सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो ।

सरकाले तत्कालिन सदस्य–सचिव सिलवालले कार्यसम्पादन गर्न नसकेको आरोपसहित पदमुक्त गरेको थियो । सर्वाेच्चले थप बहका लागि चैत २२ गतेका लागि डाकेको छ । मंगलबार सिलवाल पक्षका वकिलहरूले बहस गरेका थिए ।
सरकारले सिलवाललाई गत कात्तिक १ गते पदमुक्त गरेको थियो । त्यसपछि सरकारले गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।

त्यसपछि सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप