सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लगातार तेस्रो दिन दोहोरो अंकले घट्यो नेप्से

मङ्गलबार, १५ चैत २०७८, १५ : २२
मङ्गलबार, १५ चैत २०७८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार १४ अंकको गिरावट आएको छ । आइतबारदेखि नै घट्न थालेको नेप्सेमा आजसहित लगातार तेस्रो दिन  गिरावट आएको हो । नेप्सेमा आइतबार ४१ अंकको र हिजो सोमबार २९ अंकको गिरावट आएको थियो । लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज फेरि १४ अंकले घटेको हो । 

नेप्सेमा गिरावट आएको दिन आज १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज होटल र टुरिजम समूह बाहेक सबै समूह घटेका छन् । होटल र टुरिजम समूहमा चाहिँ २५ अंकको सुधार आएको छ । 

यसबाहेक जीवन बीमा समूह २१९ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप