कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान
कतार एयरवेजद्वारा पुरस्कार मुद्राका रूपमा प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग १ सय ५० गन्तव्य सहित एयरलाइनको बृहत् सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको जनाइएको छ ।
यस साझेदारी मार्फत अब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टीड अवार्ड सीटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत श्रृंखला सहितका लाभहरु उठाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रिभ्लेज क्लबले एभिओस अपनाएको उपलक्ष्यमा, सदस्यहरूले प्रोमो कोड क्यूआरएभिओस प्रयोग गरी ३१ मार्च २०२२ सम्ममा नगद-एभिओसको प्रयोग गर्दै आफ्नो अर्को उडान बुक गर्दा बिजनेस वा फस्र्ट क्लासमा १०,००० बोनस एभियोस वा इकोनोमी क्लासमा ५,००० बोनस एभिओसको फाइदा लिन सक्नेछन् । यो योजना कतारएयरवेज डट कम र एयरवेजको मोबाइल एपमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।
अवार्ड सिटहरूको विस्तृत उपलब्धताका कारण सदस्यहरूका लागि कतार एयरवेजमा एभिओस उपयोग गरी प्रति दिन ४ सय उडान सहितको व्यापक विश्वव्यापी सञ्जालको फाइदा उठाउँदै अझ ठूलो छनोटको अवसर उपलब्ध भएको छ । यात्रुले आफ्नो इच्छा तथा आवश्यकता अनुसार अष्ट्रेलियाका ५, युनाइटेड स्टेट्सका १२, मिडल इस्टका २१, अफ्रिकाका २८, युरोपका ३५ र एसियाका ४२ गन्तब्य लगायत विश्वका विभिन्न स्थानहरुमा उडान सुविधा तथा सेवा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, वान वल्र्ड साझेदारहरू बीचको गठबन्धनको फाइदा उठाउँदै कतार एयरवेज प्रिभ्लेज क्लबका सदस्यहरूका लागि थप लाभहरू पनि उपलब्ध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा