सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्समा खाता खोल्दा मोबाइल सिम सित्तैमा

मङ्गलबार, १५ चैत २०७८, १४ : ५१
मङ्गलबार, १५ चैत २०७८

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित स्किम ल्याएको हो । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को ब्यालेन्स सित्तैमा पाउँनेछन् । नयाँ ग्राहकहरुलाई आकर्षित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए । 

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम ११% सहित व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप