आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुसले तोक्यो रुबलमा ग्यास भुक्तानीको समय सीमा

मङ्गलबार, १५ चैत २०७८, १४ : ०५
मङ्गलबार, १५ चैत २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकार, केन्द्रीय बैङ्क र गाजप्रोम बैङ्कलाई मित्र नभएका राष्ट्रहरूबाट सबै प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने समय सीमा तोकेको छ । यो समय सीमा मार्च ३१ बाट सुरु हुने भएको छ ।

यो नीतिले ईयूका सदस्य राष्ट्रहरू र रुसी महासङ्घ र रुसी कानुनी निकायहरूका नागरिकमाथि प्रतिबन्ध लगाउने राष्ट्रहरूलाई लक्षित गरेको छ । यो जनादेश क्रेमलिनको वेबसाइटमा प्रकाशित भएको हो ।

रुसले रुबलमा भुक्तानी गर्न इच्छुक नदेखिने देशहरूमा प्राकृतिक ग्यासको भुक्तानी रोक्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बताए ।

आरटी डट कमका अनुसार यो निर्णय गत साता घोषणा गरिएको थियो । युक्रेनमा सैन्य सञ्चालनको विषयलाई लिएर मस्को विरुद्ध लगाइएको पछिल्लो प्रतिबन्धका कारण आयातकर्ताले तेल आयातलाई रोकेर राखेपछि रुसी तेलको खरिद बिक्री द्विविधामा परेको छ ।

युक्रेनमा द्वन्द्व र रुस विरोधी प्रतिबन्धले विश्वव्यापी आर्थिक सङ्कटप्रतिको चिन्ता बढाएको छ । आकासिएको कमोडिटीको मूल्यले उपभोग्य वस्तु, ऊर्जा र खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । यसले कतिपय मुलुकहरूमा मन्दी ल्याउने डरको अवस्था पैदा भएको छ र विश्वका केही भागहरूमा भोकमरी समेत आउने आङ्कलन गरिएको छ ।

भुक्तानी आफ्नै घरेलु मुद्रामा गरिने रुसको निर्णयले अमेरिका र उसको मित्रहरूले देशको वित्तीय प्रणालीमाथि लगाएको असाधारण दण्डको प्रतिक्रियामा आएको हो ।

पश्चिमा राष्ट्रहरू र जापानले केही आफ्ना अन्तर्राष्ट्रिय सञ्चितीमा रुसको पहुँचमा अवरोध गरेपछि रुबल कीर्तिमानी न्यून स्तरमा झरेको थियो । गत साता अन्य मुद्रा प्रयोग हुने घोषणापछि रुबल अमेरिकी डलर र युरोको तुलनामा बलियो अवस्थामा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप