बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

टर्की पुगेका युक्रेन र रुसका प्रतिनिधिसँग राष्ट्रपतिले गरे यस्तो अपिल

मङ्गलबार, १५ चैत २०७८, १३ : ४८
मङ्गलबार, १५ चैत २०७८

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुबै आफ्ना मूल्यवान् मित्र भएको बताएका छन् । मंगलबार युक्रेन र रुसका प्रतिनिधिबीच टर्कीमा शान्तिवार्ता भइरहेको छ ।

प्रतिनिधिलाई सम्बोधित गर्दै राष्ट्रपति अर्दोआनले कुराकानीको प्रगति दुबै नेताको भेटघाटको बाटो पनि बन्न सक्ने र टर्की त्यसको पनि आयोजनाको लागि तयार भएको बताएका छन् ।

टर्कीका राष्ट्रपति लामो समयदेखि दुई देशबीच मध्यस्थताको पहल गरिरहेका थिए  । उनले रुस र युक्रेनका प्रतिनिधिलाई दुबै पक्षको चासो जायज भएको तर अब वार्तामार्फत् ठोस् नतिजामा पुग्नुपर्ने बिन्दुमा सबैजना पुगेको बताएका छन् ।

दुई देशका प्रतिनिधिलाई स्वागत गर्दै अर्दोआनले भने, ‘यो छलफलमा धेरैकुरा निर्भर हुन्छ । न्याय संगत शान्तिमा कसैको पनि हार हुँदैन र संघर्ष जारी राख्दा कसैको पनि फाइदा हुँदैन । ’

उनले थपे, ‘यो महत्वपूर्ण समयमा हामी तपाईंको स्वागत गर्छौँ र शान्ति स्थापित गर्ने तपाईंहरुको कोसिसमा आफ्नो योगदान दिन पाउँदा खुसी छौँ । मलाई आशा छ हाम्रो बैठक र चर्चा तपाईंको देश, हाम्रो यो इलाका र सबै मानवजातीका लागि शुभ साबित हुनेछ । ’

उनले तुरुन्त युद्धविरामको अपिलसमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप