युक्रेनको सेनाको दाबी : रुसले इन्धन डिपोमा गरिरहेछन् हमला
मङ्गलबार, १५ चैत २०७८, १३ : २४
रुसको सेनाको युक्रेनको आवासीय इलाकामा मिसाइल हमला जारी रहेको युक्रेनको सेना प्रमुखले बताएका छन् । उनले मानवीय संकटको स्थिति पैदा गर्ने उद्देश्यले रुसले इन्धन डिपोमा हमला गरिरहेको दाबी गरेका छन् ।
हालैका दिनमा राजधानी किभ, साथै लविव, रिव्ने, जाइटामिर र लुत्स्कजस्ता थुप्रै शहरमा इन्धन डिपो कथित रुपमा प्रभावित भएका छन् ।
युक्रेनी सेनका अनुसार रुसी सेना राजधानी किभ, दक्षिण पूर्वमा जाफोरिज्जिया, दक्षिणमा खेरसान र पूर्वमा खारकिभमा सर्वसाधारण लुटिरहेका छन्, अपहरण र नागरिकलाई बन्धक बनाएर धम्काइरहेका छन् ।
बीबीसीले यी दाबीको तुरुन्त पुष्टि नगर्ने बताएको छ । तर यसै हप्ताको सुरुमा बीबीसीले एक रिपोर्टमार्फत् केही युक्रेनी नागरिकलाई मनोमानी ढङ्गले हिरासतमा लिइएको र रुसी–नियन्त्रित क्षेत्रबाट मानिसहरु गायब भइरहेको जानकारी भने दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु