शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पानी होइन, ढल बग्ने काठमाडौँ उपत्यकाका भित्रका खोला (फोटोफिचर)

मङ्गलबार, १५ चैत २०७८, १३ : ०८
मङ्गलबार, १५ चैत २०७८

सुख्खा याममा काठमाडौँ उपत्यकाका भित्रका धार्मिक–पौराणिक महत्व बोकेका बागमती,  रुद्रमती, विष्णुमतीलगायत टुकुचा खोलाहरुमा पानी बगेको खासै देख्न पाइन्नँ । यहाँ पानी होइन फोहोर र ढल पानी मात्रै बगेको देखिन्छ ।

खोलामा ढलका साथै प्लाष्टिक जन्य सामानका खाली खोल, सडेगलेको वस्तुहरु अनि मरेर फालिएका चौपाया जनावरहरू नदीमा फालिएका छन् । जसले गर्दा उपत्यकाको बढ्दो जनघनत्वका कारण दिनहुँ हरेक क्षेत्रमा फोहोरको चाप बढदै छ । पानीको हाहाकार पैदा भएको  छ । मानिसका लागि जसो तसो पानीको जोहो भइरहेता पनि उपत्यकाका भित्र बहने नदीमा बस्ने जीव, जनावर र पशुपंक्षीका लागि भने खोला वा नदीको पानी खान सक्ने अवस्था छैन ।

यसले दयनीय र विकराल रुप देखिँदै गएको देखिन्छ । यहि खोलाहरुलाई संरक्षण गर्न सकेको खण्डमा पानीले मानिस, पर्यावरण तथा जीव जन्तुका सबैका लागि जीवन दान दिने थियो र भोलिका सन्ततिलाई एउटा उज्यालो मार्गदर्शन मिल्ने थियो । तर त्यो तत्कालका लागि सम्भव देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप