दुर्घटनामा परेका न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार, अर्का न्यायाधीश अझै भेन्टिलेटरमा

सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका सिरहा जिल्ला अदालतका दुईजना न्यायाधीश मध्ये एकजनाको स्वास्थ्यमा सुधार भएको छ । चैत ६ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा गाडी दुर्घटनामा परेर न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया घाइते भएका थिए । उनीहरुको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट आईसीयुमा सारिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । न्यायाधीश उप्रेतीको भेन्टिलेटरमा उपचार जारी छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना.१ ज ६५०७ नम्बरको विंगर ठोक्किएको थियो । अवस्था गम्भीर भएपछि उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । ओभरटेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !