राष्ट्रिय वाणिज्य बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन
मङ्गलबार, १५ चैत २०७८, १२ : ३१
राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चैत्र ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरिका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्तासम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
-
निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु