विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव

आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव भएको छ । निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो ।
बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्दैछन् । उनीहरुले मिश्रलाई कारबाहीको घोषणा गर्ने तयारी गरेका छन् ।
असन्तुष्ट समूहले मिश्रले एकपक्षीय रुपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै पछिल्लो दिन समानान्तर भेलालाई तिव्रता दिएको छ । यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ ।
यही दाबीका बीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि तनाव भएको हो । संस्थापनले हलमा ताला लगाइदिएको छ भने त्यसपछि कार्यालय परिसरमा होहल्ला भएको छ । अहिले पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ ।
यता मिश्र पक्षले पनि आजै पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ । मिश्रले विचारभन्दा माथि देशको एजेण्डा पार्टीमा लागू गराउँदै एकपक्षीय रुपमा अघि बढेपछि विवेकशीलमा विवाद देखिएको हो । पछिल्लो समय मिश्रले राप्रपासँग एकता गर्ने तयारी गरेपछि विवाद थप चर्किँदै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा