भोलिदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता भृकुटीमण्डपमा
कोरोनाको कारण सुस्ताएको नेपाली लोकदोहोरी संगीत क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले १६ चैतबाट काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ हुने भएको छ । प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो ।
१६ देखि २० सम्म आयोजना हुने प्रतियोगितामा विभिन्न जिल्लाका करिब ७० वटा टोलीको सहभागिता रहनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रममा पहिलो दिन उद्घाटन सत्र र त्यसपछि दोहोरी प्रतियोगीता सुरु हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्वितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिनेछ । यस्तै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सभ्य र भव्य रुपमा आयोजना हुन लागेको प्रतियोगितालाई अश्लिल अर्थ लाग्ने शब्दहरु गायनको क्रममा प्रयोग गर्न रोक लगाइएको छ । ‘दोहोरी साह्रै फोहोरी भयो भनेर सर्वत्र टिप्पणी आउन थालेकाले दोहोरी सभ्य पनि हुन्छ भनेर यसपटक हामीले यो प्रतियोगितामा प्रस्तुत गर्न लगाउने छौं’ अध्यक्ष रमेश बिजीले भने । लोक तथा दोहोरी गीत गायक चन्द्र शर्मा संयोजक रहेको निर्णायक टोलीले प्रतियोगीहरुको गीत सुनेर निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय