क्रिस रकलाई थप्पड हानेकोमा विल स्मिथले माफी माग्दै भने, ‘मैले भावनात्मक प्रतिक्रिया दिएँ’
ओस्कार समारोहको मञ्चमा क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथले माफी माग्दै उनको व्यवहार अस्वीकार्य र अक्षम्य भएको बताएका छन् ।
इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै उनले लेखे, ‘म सार्वजनिक रुपमा तपाईंहरुसँग माफी माग्न चाहन्छु । क्रिस, मैले सीमा नाघेँ र म गलत थिएँ ।’
‘जेडाको स्वास्थ्य अवस्थाबारे गरिएको ठट्टा मेरा लागि असह्य थियो र मैले भावनात्मक प्रतिक्रिया दिए ।’
विल स्मिथको यो क्षमायाचना त्यतिबेला सार्वजनिक भयो जब ओस्कर फिल्म एकेडेमी उनको व्यवहारको विरोध गरे र यो मामिलामा औपचारिक समीक्षाको घोषणा गरे ।
विल स्मिथले मञ्चमा नै हास्यकलाकार क्रिस रकलाई थप्पड हानेका थिए ।
वास्तवमा क्रिस रकले कार्यक्रमका बेला विल स्मिथकी श्रीमती जेडा पिंकेटमाथि ठट्टा गरेका थिए ।
क्रिस रकले जेडाको छोटो कपालमाथि टिप्पणी गरेका थिए ।
उनले भने, ‘आइ लभ यू जेड । म जीआई जेन २ हेर्नका लागि प्रतीक्षारत छु ।’
जीआई जेन सन् १९९७ मा रिलिज भएको हलिउड फिल्म थियो । यसमा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री डेमी मूरले फिल्मका लागि आफ्नो कपाल खौरिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
