शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीले चितवनको विकास रोक्न खोज्नुभयो : रेनु दाहाल

‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको प्रस्ताव अब क्याबिनेटमा जान्छ’
मङ्गलबार, १५ चैत २०७८, १० : १०
मङ्गलबार, १५ चैत २०७८

चितवनको विकासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म रोक्न खोजेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आरोप लगाएकी छिन् । भरतपुरको विकासका लागि फेरि एकचोटि माओवादीलाई जिताउनुपर्ने दाहालको भनाइ छ ।

त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास गरिदिने र पेन्डिङमा राखिदिनुभयो ।

मेयर दाहालले भनिन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने । क्यान्सर अस्पतालको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि ओलीले क्याबिनेटबाट पास नगरी पेन्डिङमा राखिदिनुभयो ।’

विगतमा भरतपुरको चुनावमा गठबन्धन हुँदा काँग्रेसलाई पनि फाइदा भएको बताउँदै दाहालले आगामी वैशाख ३० को स्थानीय चुनावमा गठबन्धन बनाउने कि एक्लै लड्ने भन्नेबारे पार्टी नेतृत्वले सोच्नुपर्ने दाहालले बताइन् ।

आफूलाई मेयरमा पुनः दोहोर्‍याउने इच्छा नभएको दाहालले बताइन् । तर, पार्टीले आवश्यक ठान्यो भने पार्टीको निर्णय मान्ने उनको भनाइ छ ।  दाहाल भन्छिन्, ‘व्यक्तिगत हिसाबले भन्ने हो भने मलाई त पुग्यो । तर, पार्टीको बफादार कार्यकर्ता भएको नाताले पार्टीको निर्णय भयो भने उठ्ने हो । मेरो ५ वर्षे कार्यकाल सफल नै रह्यो ।’

भरतपुर महानगरपालिकामा नेकपा माओवादीसँग  चुनावी गठबन्धन गर्न नेपाली काँग्रेस तयार छैन भन्ने काठमाडौँमा चर्चा छ । के छ भरतपुरको अवस्था ? महानगरपालिकामा काँग्रेस र माओवादीबीच फेरि गठबन्धन हुन्छ कि हुँदैन ?

मैले भन्ने भन्दा पनि गठबन्धनमा रहनुभएका पार्टीहरूले भन्ने कुरा हो । एउटा पार्टीलाई आवश्यकता भएरमात्रै गठबन्धन हुने मात्रै पनि होइन । गिभ एण्ड टेकको अवस्था भएर मात्रै गठबन्धन हुने हो । हिजो पनि माओवादीको आवश्यकताले मात्रै भएको हो र ? रेणुलाई यत्तिकै मेयर दिएको हो र ? उहाँहरूलाई पनि फाइदा भएरै त गठबन्धन भएको हो नि ।

हामी हिजो पनि सिंगल लड्न तयार भएकै थियौँ । अहिले त झन् राम्रो अवस्था छ हामी एक्लै पनि लड्न सक्छौँ नि । जनताले विकास निर्माणको र कामको मूल्यांकन गर्ने हो भने त भोट हाल्नुपर्‍यो । अहिले हामीलाई धेरै सहानुभूति र माया, साथ, सहयोग गर्नेहरू बढेका छन् । जसरी टीकाटिप्पणी भइरहेको छ । त्यो मलाई राम्रो लागिरहेको छैन । पहिलो कुरा स्पष्ट सम्बन्धित पार्टीलाई फाइदा हुने भएरै गठबन्धन हुने हो । गठबन्धन नभए चुनाव नलड्ने भन्ने पनि होइन । खतरा त अर्को पक्षलाई पनि छ । विकल्प त धेरै हुन्छन् नि ।

यसो भन्दै गर्दाखेरि अर्को ढंगले राजनीतिक मोडियो भने घाटा छ उहाँहरूलाई फेरि हुँदैछ नि । माओवादीलाई मात्रै होइन गठबन्धनको आवश्यकता नेपाली काँग्रेसलाई पनि छ । १६५ सिटमा २३ सिट जितेको त हो काँग्रेसले । अहिले देशको बागडोर जिम्मा लिइरहेको छ कसका कारणले हो ? गठबन्धन नबन्दासम्म चर्चा परिचर्चा हुने विषय सामान्य कुरा हो । आकांक्षा हुने कुरा पनि सामान्य कुरा नै हो । क्रिया प्रतिक्रिया हुने कुरा पनि स्वाभाविक विषय हो । तर, निर्णय त पार्टीहरूले नै गर्ने हो ।

गठबन्धन गर्दा मेयरमा काँग्रेसलाई दिनुपर्‍यो भने ?

भरतपुरमा धेरै काम गरिएको छ । यसलाई अझै धेरै ब्यूटिफिकेसन गर्ने  कामको सुरुवात भएको छ । यो काम सम्पन्न भइसकेको छैन । स्मार्ट सिटी बनाएर देखाउने मेरो रहर, धोको र सङ्कल्प छ । त्यसलाई पूरा गर्न गठबन्धनको चक्करमा लाग्ने कि नलाग्ने भन्ने विषयमा चाहिँ पार्टीले निर्णय गरेर अगाडि बढ्नुपर्छ ।

तपाई फेरि मेयरमा दोहोर्‍याउने पक्षमा हुनुहुन्छ ?

यो समग्र आवश्यकतामा भर पर्छ । भरतपुरवासीको आवश्यकता, पार्टीको पनि आवश्यकता र चाहनामा भर पर्छ । महानगरवासीको मनोविज्ञान बुझेर गरिने निर्णयमा भर पर्छ । व्यक्तिगत हिसाबले भन्ने हो भने मलाई त पुग्यो । तर, पार्टीको बफादार कार्यकर्ता भएको नाताले पार्टीको निर्णय भयो भने उठ्ने हो । मेरो ५ वर्षे कार्यकाल सफल नै रह्यो । व्यक्तिगत हिसाबले भन्ने हो भने मेरो रहर चाहिँ छैन ।

त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास नगर्दिने र पेन्डिङमा राखिदिनुभयो ।

तपाईले भरतपुरमा गर्नुभएका सम्झन लायक काम के के हुन् ?

पहिलो त सडक हो । हाम्रो कार्यकालमा हामीले ६१० किलोमिटर सडक पिच गरेका छौँ । पहिले पिच सडक हेर्न महानगरवासीले बजार नै आउनुपर्ने अवस्था थियो । त्यसबेला प्रत्येक जसो वडामा ६ सय, मिटर ७ सय मिटर मात्रै सडक पिच भएको थियो । आधा किलोमिटर पनि पिच नभएका बाटाहरू थिए । अहिले प्रत्येक वडामा ४० किलोमिटर, ५० किलोमिटर सडक पिच भएको छ । फराकिलो बाटो बनेको छ । ड्रेन बनेको छ ।

सडक पूर्वाधारमा राम्रो उपलब्धि हासिल भएको छ । अर्को भनेको देशकै आधुनिक र गुणस्तरीय अन्तर्राष्ट्रियस्तरको सिटी हल बनेको छ । अर्को भनेको हामीले महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले एउटा कार्यक्रममा बोल्दा सिटीहल निर्माणको योजना भरतपुरमा ल्याउनका लागि निकै ठूलो संघर्ष गर्नुपरेको बताउनुभएको थियो ? त्यो संघर्ष कस्तो थियो ?

भरतपुर महानगरपालिका देशकै केन्द्र हो । त्यसकारण यहाँ २ हजार क्षमताको सिटी हल हुँदा राम्रो हुन्छ भन्ने मान्यता महानगरपालिकामा रह्यो । त्यसपछि हामीले सहरी विकास मन्त्रालयमा प्रस्ताव पेस गर्‍यौँ ।

सहरी विकास मन्त्रालयमा पेस गर्दा लगभग २ वर्षभन्दा बढी महानगरपालिकाले मेहनत गर्नुपर्‍यो । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले पनि निक्कै ठूलो मेहनत गर्नुपरेको थियो । कहिले मन्त्री परिवर्तन, कहिले मन्त्रालयको सचिव, कहिले विभागको महानिर्देशक परिवर्तन हुने भयो । त्यस्तोको बीचबाट पनि हामी अगाडि बढ्यौँ र टेन्डर भयो ।

त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास नगर्दिने र पेन्डिङमा राखिदिनुभयो ।

हामीलाई ५ बिगाहा जग्गा चाहिने भएको थियो । गाउँमा लगेर पनि हुने अवस्था थिएन । त्यसपछि जिल्ला विकास समितिको जग्गामा अध्यक्षको पहलमा सिटी हल निर्माणको प्रक्रिया पुरा गर्‍यौँ । त्यसपछि हाम्रो सिटी हल निर्माण भयो । त्यहाँ ४ बिगाहा ४ कठ्ठा जग्गामा सिटी हल बन्दैछ । बजेटको सुनिश्चितताका लागि पनि धेरै पहल गर्नुपर्‍यो ।

अन्य पूर्वाधार विकासको अवस्था के छ ?

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको काम अगाडि बढ्यो । अहिले त्यो हुन त सकेन । हामीले खेलकुद मन्त्रालयमा सबै डकुमेन्ट पेस गरेका छौँ । महानगरपालिकाले सबै अपनत्व लिएर हामीले. क्याबिनेटमा प्रस्ताव लानका लागि तयारी गरेका छौँ । त्यसको लागि मन्त्रालयको तर्फबाट समिति बनाउने भनिएको छ । अब क्याबिनेटमा जान्छ । आगामी आर्थिक वर्षमा बजेट राखेर काम अगाडि बढ्छ ।

अहिलेसम्म रंगशालामा खर्चचाहिँ के कति भएको रहेछ ?

खर्च कति भन्ने कुरा चाहिँ फाउन्डेसनको तर्फबाट महानगरपालिकालाई बुझाउनु भएको छ । महानगरपालिकालाई स्वामित्व लिनका लागि पनि पत्राचार गर्नुभयो । त्यसपछि महानगरपालिकालाई अब यसपछि हाम्रो कुनै स्वामित्व नरहने भनेर मञ्जुरीनामा पनि दिइसक्नु भयो । अनि महानगरपालिकाले पनि छुट्टै आर्थिक र प्राविधिक मूल्याङ्कन गरेर, सहरी विकास भवनबाट पनि यकिन गरेर । सरकारी मान्यताप्राप्त लेखापरीक्षण गराएर सबै प्रस्ताव बनाएर हामीले खेलकुद मन्त्रालयमा प्रस्ताव गरेका छौँ । संघीय खेलकुद मन्त्रालयले सबै विषयमा अध्ययन गरेर सरकारले यकिन गर्छ र आफ्नो प्रस्ताव बनाएर मन्त्रालयले क्याबिनेटमा लाने तयारी गरेको छ ।

तटबन्धको अरबौँ रुपैयाँ आएको भन्ने छ त्यो चाहिँ कहाँ हो ?

यो बजेट महानगरपालिकाको गोलाघाट सबैभन्दा अन्तिम बिन्दुमा हो । राप्ती र नारायणीको संगमस्थल पनि हो । त्यहाँदेखि नारायणी नदीको तीरसम्मको तटबन्धको योजना हो । अहिले त्यसलाई ४ वटा प्याकेजमा विभाजन गरेको छ । २ वटा प्याकेजमा ठेक्का भइसकेको छ । २ वटा प्याकेजमा एक दुई दिनमा ठेक्का आव्हान हुँदैछ । वर्षौंदेखिको नारायणी नदीको समस्या अब हल हुने सुनिश्चित भयो ।

फोहोर व्यवस्थापनको लागि हामीले दीर्घकालीन समस्या समाधानका लागि देशकै आधुनिक ल्याण्डफिल साइट बनाउँदैछौ । कोरियन सरकारको १ सय प्रतिशत अनुदान १ अर्ब २५ करोड अनुदान दिएको छ । कोरियन सरकारले निर्णय गरिसकेको छ । यसका लागि पहिलो चरणको सम्झौता भइसकेको छ । डीपीआर पनि भइसकेको छ ।

भरतपुरमा सुकुमबासी र अव्यवस्थितको समस्या चाहिँ कस्तो छ ?

यो समस्या पनि धेरै ठूलो छ । सुकुमबासीको बारेमा महानगरपालिकाले लगत सङ्कलन गर्‍यौँ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन हामीले गरेका छौँ । २९ वटै वडाको तथ्याङ्क अनुसार १० हजार २९ जनाको हाराहारीमा हामीले भूमिहीन रहेको पायौँ । अहिले महानगरपालिकाले सुकुमबासीलाई निस्सा प्रमाण हामीले दिएका छौँ । निस्सा प्राप्त गरेका भूमिहीनहरूको जग्गा नापजाँच अहिले भइरहेको छ । हिजोमात्रै वडा नम्बर २ मा हामीले पूर्जा पनि दियौँ ।

अन्य उल्लेखनीय काम के छ ?

मैले धेरै काम गरेको छु । मैले एक घण्टा भन्दा पनि पुग्दैन । शिक्षा, पर्यटन, कृषि, सहकारी, पूर्वाधारको क्षेत्रमा थुप्रै काम भएको छ ।

फोहोर मैला व्यवस्थापनको काम कसरी भइरहेको छ ?

फोहोर व्यवस्थापनको लागि हामीले दीर्घकालीन समस्या समाधानका लागि देशकै आधुनिक ल्याण्डफिल साइट बनाउँदैछौ । कोरियन सरकारको १ सय प्रतिशत अनुदान १ अर्ब २५ करोड अनुदान दिएको छ । कोरियन सरकारले निर्णय गरिसकेको छ । यसका लागि पहिलो चरणको सम्झौता भइसकेको छ । डीपीआर पनि भइसकेको छ । अब छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्ने गरी दोस्रो चरणको सम्झौता हुँदैछ । नेपाल सरकार संघीय सरकार अर्थ मन्त्रालय, कोरियन सरकार र स्थानीय सरकारको बीचमा पटकपटक बैठक बसिराखेको छ । सरकारले पनि जिटुजी मोडलबाट अगाडि बढाउनका लागि पनि पत्राचार पनि भइरहेको कारणले गर्दा छिटोभन्दा छिटो देशकै आधुनिक ल्याण्डफिल साइड बनाउने काम अगाडि बढेको छ ।

भरतपुर महानगरपालिकामा नेकपा माओवादीसँग  चुनावी गठबन्धन गर्न नेपाली काँग्रेस तयार छैन भन्ने काठमाडौँमा चर्चा छ । के छ भरतपुरको अवस्था ? महानगरपालिकामा काँग्रेस र माओवादीबीच फेरि गठबन्धन हुन्छ कि हुँदैन ?

मैले भन्ने भन्दा पनि गठबन्धनमा रहनुभएका पार्टीहरूले भन्ने कुरा हो । एउटा पार्टीलाई आवश्यकता भएर मात्रै गठबन्धन हुने मात्रै पनि होइन । गिभ एण्ड टेकको अवस्था भएर मात्रै गठबन्धन हुने हो । हिजो पनि माओवादीको आवश्यकताले मात्रै भएको हो र ? रेणुलाई यत्तिकै मेयर दिएको हो र ? उहाँहरूलाई पनि फाइदा भएरै त गठबन्धन भएको हो नि ।

हामी हिजो पनि सिंगल लड्न तयार भएकै थियौँ । अहिले त झन् राम्रो अवस्था छ हामी एक्लै पनि लड्न सक्छौँ नि । जनताले विकास निर्माणको र कामको मूल्याङ्कन गर्ने हो भने त भोट हाल्नुपर्‍यो । अहिले हामीलाई धेरै सहानुभूति र माया, साथ, सहयोग गर्नेहरू बढेका छन् । जसरी टीकाटिप्पणी भइरहेको छ । त्यो मलाई राम्रो लागिरहेको छैन । पहिलो कुरा स्पष्ट सम्बन्धित पार्टीलाई फाइदा हुने भएरै गठबन्धन हुने हो । गठबन्धन नभए चुनाव नलड्ने भन्ने पनि होइन । खतरा त अर्को पक्षलाई पनि छ । विकल्प त धेरै हुन्छन् नि ।

यसो भन्दै गर्दाखेरि अर्को ढंगले राजनीतिक मोडियो भने घाटा छ उहाँहरूलाई फेरि हुँदैछ नि । माओवादीलाई मात्रै होइन गठबन्धनको आवश्यकता नेपाली काँग्रेसलाई पनि छ । १६५ सिटमा २३ सिट जितेको त हो काँग्रेसले । अहिले देशको बागडोर जिम्मा लिइरहेको छ कसका कारणले हो ? गठबन्धन नबन्दासम्म चर्चा परिचर्चा हुने विषय सामान्य कुरा हो । आकांक्षा हुने कुरा पनि सामान्य कुरा नै हो । क्रिया प्रतिक्रिया हुने कुरा पनि स्वाभाविक विषय हो । तर, निर्णय त पार्टीहरूले नै गर्ने हो ।

गठबन्धन गर्दा मेयरमा काँग्रेसलाई दिनुपर्‍यो भने ?

भरतपुरमा धेरै काम गरिएको छ । यसलाई अझै धेरै ब्यूटिफिकेसन गर्ने  कामको सुरुवात भएको छ । यो काम सम्पन्न भइसकेको छैन । स्मार्ट सिटी बनाएर देखाउने मेरो रहर, धोको र सङ्कल्प छ । त्यसलाई पूरा गर्न गठबन्धनको चक्करमा लाग्ने कि नलाग्ने भन्ने विषयमा चाहिँ पार्टीले निर्णय गरेर अगाडि बढ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप