मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज अमेरिकाको डलरदेखि कतारी रियालसम्मको विनिमयदर

मङ्गलबार, १५ चैत २०७८, ०९ : ००
मङ्गलबार, १५ चैत २०७८

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४३ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप