शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा १८२ मतदान केन्द्र निर्धारण

मङ्गलबार, १५ चैत २०७८, ०८ : १३
मङ्गलबार, १५ चैत २०७८

३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार लमजुङमा मतदाताको संख्या १ लाख ३१ हजार ४ सय ९४ छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । 

सुरक्षा निकायले लमजुङका १० वटा बढी मतदानस्थनलाई अतिसंवेदनशीलमा राखेको छ  । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । यसमा १ सय २३ वटा मतदानस्थल छन् । १ सय ८२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप