शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्ने

मङ्गलबार, १५ चैत २०७८, ०७ : ५३
मङ्गलबार, १५ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (मंगलबार) एक  खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । ​पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । 

गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको कप्तानीमा मैदान उत्रनेछ भने हैदरावाद केन विलियमसनको कप्तानीमा मैदान उत्रनेछ । 

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा राजस्थानले तीन खेल जितेको छ । हैदरावादले दुई खेल जितेको छ ।  गत संस्करण दुबै टोलीले एक एक खेल जितेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप