एन्फाको विशेष साधारण सभा आज
मङ्गलबार, १५ चैत २०७८, ०७ : ४९
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज (मंगलबार) बस्दैछ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । एन्फाले यसअघि स्थगित विशेष साधारण आज हुन लागेको हो । एन्फाले प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरिएको थियो ।
साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताइएको छ । एन्फाका निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर