त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै
मङ्गलबार, १५ चैत २०७८, ०७ : ४१

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।
सिरिजको पहिलो खेल खेल्न लागेको मलेसिया आजको खेलमा जित निकाल्ने प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का