काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर, तीन खर्ब नोक्सान हुने
काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो।
राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष बितिसक्दा पनि अध्ययन भने सुरु भएको छैन। आधिकारिकरुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको विश्व बैंकको २०१५ को तथ्याङ्कले देखाएको छ।
सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार, २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब ) पुग्ने विश्व बैंकको अनुमान छ। वातावरणविद् डा. सुनिलबाबु श्रेष्ठले बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने तर्क गरे। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने