सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

बहुविवाह मुद्दामा फरार रहेका दुई जना पक्राउ

सोमबार, १४ चैत २०७८, २२ : ४४
सोमबार, १४ चैत २०७८

प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्लाको हल्दीबारी गाउँपालिका ३ घर भई दमक नगरपालिका ४ बस्दै आएका सन्तोष नेपाली र सोही ठाउँ बस्दै आएकी गंगामाया नेपालीलाई पक्राउ गरेको हो । २०६८ साल वैशाख १४ गते अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर भएका उनीहरु दुबै जना त्यसयता फरार थिए ।

जिल्ला अदालत झापाले उनीहरु दुबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपश्चात् कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाउन आदेश दिएको छ । अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय  झापामा राखिएको प्रहरीले जानकारी दिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप