प्रहरीका ३६ जना डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार डीएसपीहरुको सरुवा गरेका हुन् । प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भनेर चिनिएका डीएसपी ऐनबहादुर मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय लहान, सिराहामा कुमार मैनालीलाई सरुवा गरिएको छ ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा ज्ञानकुमार महतो, झापास्थित इलाका प्रहरी कार्यालय दमकमा दिलीपकुमार गिरी, पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारी र चितवनको ईलाका प्रहरी कार्यालय टाँडीमा रविनबावु रेग्मीलाई सरुवा गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दिबासमा रवि रावल र ईलाका प्रहरी कार्यालय अनारमनी झापामा रुगमबहादुर कुँवरलाई पठाइएको छ । महानगरीय प्रहरी वृत जनसेवामा शालिग्राम शर्मालाई सरुवा गरिएको छ । सन्तुलाल प्रसाद जैसवारलाई रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र भक्तपुरस्थित महानगरीय प्रहरी वृत थिमीमा डिएसपी हरिनन्दन चौधरीलाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’
-
जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ : प्रचण्ड