मधेस प्रादेशिक अस्पतालका मेसु डा.यादव पदमुक्त
मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई पदमुक्त गरेको छ । प्रदेश सरकारले सोमबार डा.यादवलाई पदमुक्त गरेको हो । प्रादेशिक अस्पतालको सम्पूर्ण सम्पति मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत भएपछि डा.यादवलाई पदमुक्त गरिएको बताइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७७ को दफा २५ अनुसार गत चैत ६ गते प्रादेशिक अस्पतालको चलअचल सम्पत्ति लगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ ।
प्रादेशिक अस्पताल प्रदेश सरकार मातहतमा रहेको थियो । अस्पतालमा संघ र प्रदेश सरकारका कर्मचारी कार्यरत्त रहेका छन् भने संघीय सरकारले आफू अन्तर्गतका १ सय १० स्थायी तथा अन्य प्रकृतिका कर्मचारीको तलबभत्ता तथा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि वार्षिक ४३ करोड रुपैयाँ अनुदान दिँदै आएको छ । पदमुक्त भएका यादव संघीय सरकारका कर्मचारी हुन् ।
मन्त्रालयले डा. यादवलाई लेखेको पत्रमा अस्पतालका चलअचल सम्पत्तिलगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई बुझाउन भनेको छ । प्रादेशिक अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण भएपछि डा. यादवको हस्ताक्षरसहितका बैंक खाता प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादव र प्रतिष्ठानका लेखा अधिकृतको नाममा खोलिएको छ ।
‘प्रतिष्ठान ऐनमा मेडिकल सुपरिटेन्डेन्ट पद नभएकाले डा.प्रमोदलाई तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट भनी सम्बोधन गरिएको छ,’ प्रतिष्ठानका एक अधिकारीले भने, ‘प्रतिष्ठानमा अस्पतालका लागि अस्पताल निर्देशक पद छ । तर, सो पदमा अहिलेसम्म नियुक्ति भइसकेको छैन ।’
अस्पताल निर्देशकको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने कानुनी व्यवस्था रहेको छ । सहकुलपति प्रदेशका सामाजिक विकास मन्त्री रहने प्रावधान रहेको छ ।
निमित्त मेसु डा.यादवले अस्पतालको व्यवस्थाअनुसार आफूले २१ दिनभित्र बरबुझारथ गर्नसक्ने म्याद रहेकोले त्यसअनुसार गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या