समृद्धि फाइनान्सद्वारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण
सोमबार, १४ चैत २०७८, २१ : ३६
समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । सो फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई झोला वितरण गरेको हो ।
समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।
फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको अलमल यात्रा
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
-
कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
-
सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
-
ऐश्वर्याले किन हटाइन् बच्चन थर ?