बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्सद्वारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण

सोमबार, १४ चैत २०७८, २१ : ३६
सोमबार, १४ चैत २०७८

समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । सो फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई झोला वितरण गरेको हो ।

समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम  ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप