शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

सोमबार, १४ चैत २०७८, २० : ३५
सोमबार, १४ चैत २०७८

धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।

बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप