पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्न जुट्यो एनआरएनए
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण गर्न सक्रियता बढाएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जसअनुसार यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २ करोड ५६ लाख ५० हजार २२२ गरी जम्मा तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही बैठकमा संघका नव निर्वाचित अध्यक्षहरुले पदाधिकारी तथा आइसिसि सदस्यहरुलाई सपथग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको प्रवक्ता शिवकुमार बरुवाल र सोम सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा महासचिव गौरीराज जोशी र डा केशव पौडेलका साथै प्रवक्ताद्वय रहने गरी कार्यदल गठन गरिएको छ ।
यस्तै विभिन्न एनसिसिहरुमा भएका समस्या समाधानका लागि महासचिव द्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गरि समाधान गर्ने जिम्मा दिइएको छ ।
बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिलमा गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई