भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
सोमबार, १४ चैत २०७८, १९ : ३९

नेपाल बैंकले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखाको चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा गरे ।
समुद्घघाटन समारोहको अध्यक्षता बैंकको प्रादेशिक कार्यालय, बागमती प्रदेशका प्रमुख विनय केसरी पौड्यालले गरेका थिए भने कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत दोलखा स्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका अगुवा, बैंक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म
-
बेंगलुरु र पञ्जाबबिचको खेल १४–१४ ओभरको हुने
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता