शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

कलङ्कीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

सोमबार, १४ चैत २०७८, १९ : ३४
सोमबार, १४ चैत २०७८

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले लागु औषध ‘ब्राउन सुगर’ सहित ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार कालिमाटी वृत्तका डिएसपीको कमाण्डमा खटिएको टोलीले लागु औषध कारोबारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारतीय नागरिक १८ वर्षीय मोहम्मद गुफरान, १८ वर्षीय अह्वान अन्सारी र ललितपुरको धोविघाट बस्ने ३९ वर्षका गणेश रजक छन् ।

आरोपीहरूको साथबाट प्रहरीले ४३ ग्राम ब्राउन सुगर र २ लाख ४५ हजार नगद बरामद गरेको छ । लागु औषध जोख्न प्रयोग गरिने डिजिटल तराजु पनि बरामद गरिएको एसपी मैनालीले बताए । उनीहरूबारे महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप