पोखरामा टिभिएस एन्टर्क राइड सफलतासम्पन्न
टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्ट सम्म पुगेको थियो । यस्तै त्यहाँ सहभागिहरु बीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो ।
राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरु सहभागि रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् । उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए । राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसि र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे