शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

फ्यान्टा एप्पल नेपाली बजारमा

सोमबार, १४ चैत २०७८, १९ : २७
सोमबार, १४ चैत २०७८

कोका–कोला नेपालले नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा भएको बताइएको छ ।  

लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले आफूहरु उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइ अनुसार थप विकल्पहरू दिन सँधै प्रयासरत रहेको बताए । यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप