शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजावादीसँग भेटेर ओलीले खतरनाक योजना बनाइरहेका छन् : अध्यक्ष नेपाल

सोमबार, १४ चैत २०७८, २० : ००
सोमबार, १४ चैत २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन् । सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  एमालेका अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाएका हुन् ।

उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए । उनले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताए । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताए । अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफूहरु त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए ।

एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले बताए ।  अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताए । तर केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सुध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको उनले बताए । उनले पार्टीका युवाहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप