अपि पावर कम्पनीले फेरि एक अर्ब माथिको हकप्रद सेयर जारी गर्ने
अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
यसअघि कम्पनीले २०७६ फागुन १२ गते र २०७८ बैशाख १९ गते समान ५६ करोड ७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पछिल्लो पटक पहिचान पश्चात निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पुँजी जुटाउन धितोपत्र बोर्ड मार्फत अधिकतम २ अर्ब २२ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति पाएसँगै पुनः साइड सेयर निष्काशनमा जान लागिएको कम्पनीले जनाएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हकप्रद निष्काशन सम्बन्धी जानकारी दिएको कम्पनीले हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्ने जनाएको छ भने कम्पनीको वार्षिक आम्दानी २ अर्ब १० करोड हुने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा