देशलाई समृद्ध बनाउने पार्टी राप्रपा हो : अध्यक्ष लिङ्देन

person explore access_timeचैत १४, २०७८ chat_bubble_outline1

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध देश बनाउन ठूला पार्टीहरूको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी लगायतका पार्टीहरुले देशलाई दुर्गतीको बाटोमा लगि रहेकाले उनीहरुको विकल्प खोज्न आवश्यक रहको बताएका हुन् ।


उनले ठूला पार्टीको विकल्पको रुपमा राप्रपा रहेको बताए । नवलपरासी पश्चिममा राप्रपाद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले तीनवटै पार्टीहरुले गर्दा देश समृद्ध हुन नसकेको बताए । उनले देशलाई समृद्ध बनाउन आगामी स्थानिय तथा संघिय निर्वाचनमा राप्रपालाई विश्वास गर्न आग्रह गरे ।



सभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा बढ्दो भ्रष्टाचार, हिंसा, अनियमिततालाई रोक्न राप्रपा पार्टी नै एक उत्तम विकल्प रहेको बताए । उनले देशमा शिक्षा, स्वास्थ्य कृषि र रोजगारमा प्रभावकारी परिवर्तन गर्न आफूहरुसँग ठोस योजना रहेको बताए । सभामा पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुव बहादुर प्रधान, नेता दिपक बोहरा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदय, केन्द्री सदस्य ताहिर अलि लगायतले सम्बोधन​ गरेका थिए । 



 

कमेन्ट

  1. March 28, 2022, 7:05 p.m. जसराज राई
    राप्रपालाई चाहिँ भोट किन दिने? जुन ब्यक्ति र पार्टी अरुको एजेन्डा बोकेर राजनीति गर्छ त्यो नै शर्म लागदो कुरा हो, राजेन्द्रजीलाई यो कुराको हेक्का छ कि छैन? रास्ट्र बनाउने एजेन्डा बोक्नुहोस, भोट दिउला । लाखौं युबा बिदेश जान बाध्य छन त्यो रोकेर देशमा रोजगारको सिर्जना गर्ने एजेन्डा बोक्नुहोस भोट दिउला । तर..... मरेको राजतन्त्र ब्युताउने र धर्मको एजेन्डा पुर्ब राजाका हुन, यो एजेन्डामा भोट दिनु रास्ट्रघात हो
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।