शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्छ  : सहमहामन्त्री आङ्देम्बे

सोमबार, १४ चैत २०७८, १० : ००
सोमबार, १४ चैत २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियो पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे ।

बैठकमा उनले भनेका छन्, `​गठबन्धन गर्दा काँँग्रेस आईको हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमोर्चाको जस्तो हालत हुन्छ । मलाई चिन्ता यहाँनिर छ । आदर्शले रमाइलो त होला तर धरातलीय यथार्थ फरक छ । र, म जोड दिएर भन्छु-स्थानीय तहमा कांग्रेस बलियो गठबन्धनले हुन्छ र त्यसको असर प्रदेश र संघको निर्वाचनमा पर्छ ।´

नेकपा विभाजन भएर तीन टुक्रा भएको अवस्थामा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने र गठबन्धन गरिए काँग्रेस आईको हालत व्यहोर्नुपर्ने केही नेताले भनिरहँदा सहमहामन्त्री आङ्देम्बेको यो जवाफ आएको हो ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीले निर्वाचनमा गठबन्धन अनिवार्य रहेको बताउँदै आएका छन् । काँग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतसँग गर्ने हुन् ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप