विप्लव नेतृत्वको नेकपाको निर्णय : आफ्ना उम्मेदवार नउठाउने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने
आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमवार सकिएको हो । मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।
‘तीनवटा विषय बैठकका एजेण्डा थिए । जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भयो’, नेता बास्तोलाले रातोपाटीसँग भने, ‘महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको छ ।’ यद्यपी संस्थागत रुपमा पार्टी निर्वाचनमा नगएपनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमा व्यापक संशोधन गर्दै पारित भएको छ । चन्दले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावप्रति केन्द्रीय समिति सदस्यहरुले असहमति जनाएपछि संशोधनसहित पारित भएको हो । बैठकमा ६९ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये ४४ जना विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।
त्यस्तै सो पार्टीले वैज्ञानिक समाजवाद लागू गर्न जनमत संग्रहका लागि दवाव दिने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण