शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

सोमबार, १४ चैत २०७८, ०९ : ००
सोमबार, १४ चैत २०७८

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।  छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए  ।

उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी पूर्व पदाधिकारीलाई समेटिने छ । कार्यसम्पादन समितिमा २८ नम्बरमा रहेका कोइरालाई २५ सदस्यीय संसदीय समितिको समेट्ने जोडबल भइरहेको छ। त्यसका लागि पूर्व पदाधिकारीलाई हटाएर अगाडि राख्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप