स्थानीय तह निर्वाचन : काठमाडौमा सबैभन्दा धेरै ४६ वटा राजनीतिक दल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौ जिल्लाबाट सवैभन्दा धेरै दलका उम्मेदवारले भाग लिने भएका छन् । काठमाडौं जिल्लाबाट राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित सहित ४६ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका छन् । त्यस्तै सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय ६ सहित ११ वटा दलले स्थानीय चुनावमा आफ्नै चिन्हमा निर्वाचन लड्न पाउनेछन् ।
निर्वाचन आयोगले सोमबार गरेको नियमित प्रेस मिटमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरूले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने आयोगको निर्णय र ती दलहरूको संख्याबारे जानकारी गराएको हो । अब देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठाउन पाउने भएका छन् ।
निर्वाचन आयोगले उक्त निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९५५ मतदानस्थल कायम गरेको पनि जनाएको छ । निर्वाचन प्रयोजनका लागि आयोगले सबै जिल्लामा चैत १६ देखि कल सेन्टर स्थापना गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा