मधेश प्रदेश : प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
सोमबार, १४ चैत २०७८, १६ : ४१
![मधेश प्रदेश : प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित](https://rpcdn.ratopati.com/media/albums/madhes_EaATndLEL5.jpg)
मधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको १३ औँ बैठकले उक्त विधेयक सर्वसम्मतबाट पारित गरेको हो । यसअघि प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
नेपालको संविधानको धारा १९७ बमोजिम उक्त ऐन बनाइएको जनाइएको छ । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ । प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रूलिङ गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
-
आफ्नै चिपसेट बनाउँदै ओपनएआई
-
एलिनाको डिभोर्सपछि रचनाले भनिन्– आई लभ यु मेरी दिदी !