सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश : प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

सोमबार, १४ चैत २०७८, १६ : ४१
सोमबार, १४ चैत २०७८

मधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको १३ औँ बैठकले उक्त विधेयक सर्वसम्मतबाट पारित गरेको हो ।  यसअघि प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

नेपालको संविधानको धारा १९७ बमोजिम उक्त ऐन बनाइएको जनाइएको छ ।  प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ । प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रूलिङ गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप