शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

सोमबार, १४ चैत २०७८, १६ : ३०
सोमबार, १४ चैत २०७८

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय  बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी कार्यक्रममा यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेको घोषणा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप