बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्रान्स, जर्मनी र बेलायत, आफ्ना पश्चिमी सहयोगीलाई कसरी हेर्छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की ?

सोमबार, १४ चैत २०७८, १६ : १९
सोमबार, १४ चैत २०७८

युुक्रेनमा रुसको हमलाबीच कुन पश्चिमी देश युक्रेनलाई सहयोग गरिरहेको छ र कसले गरेको छैन, यो विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक अन्तरवार्तामा आफ्नो कुुरा राखेका छन् । द इकोनोमिस्टलाई दिएको अन्तरवार्तामा जेलेन्स्कीले सैन्य सहयोग उपलब्ध नगराएकोमा फ्रान्सका राष्ट्रपति इमानुुयल म्याक्रोको आलोचना गरेका छन् ।

उनले भने,‘यस्तो किन ? किनकी उनीहरु रुससँग डराउँछन् ।’ बेलायतका प्रधानमन्त्री बोरिस जोनसन हतियार पठाउन इच्छुक देखिएका छन् । जेलेन्स्कीले थपे,‘इमान्दारीपूर्वक भनौ भने बोरिस जोनसन यस्ता नेता हुन् जसले धेरै सहयोग गरिरहेका छन् ।’ जेलेन्स्कीले भनेका छन्,‘बेलायत युक्रेनले जितेको र रुसले हारेको हेर्न चाहन्छन् । बेलायत युुद्धलाई अगाडि बढाउन चाहन्छ वा चाहँदैन भन्न चाहिँ चाहन्नँ ।’

जेलेन्स्कीले जर्मनी सन्तुलित रुपमा बसिरहेको ठान्छन् । ‘उ सन्तुलन बनाउने कोसिस गरिरहेको छ । जर्मनीको रुससँग लामो समयदेखिको सम्बन्ध छ र यस अवस्थालाई अर्थव्यवस्थाको आँखाबाट हेरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप