राष्ट्रिय गोजुरियो कराते चैत १८ देखि
नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने छ ।
त्यसअघि प्रतियोगितालाई लक्षित गरी चैत १७ गते राष्ट्रिय रेफ्री सेमिनार हुने छ । एकदिने सेमिनारमा ३५ रेफ्रीको सहभागिता रहने सचिव गिरीले जानकारी गराए । डब्लुकेएफ रेफ्री बलराम मित्रले सेमिनार सञ्चालन गर्ने छन् । सेमिनार पनि राखेप कभर्डहलमा नै हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मश्री शारीरिक सुगठन चैतमा, पुरस्कार राशि वृद्धि
-
राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा
-
जस्मिन पेन्ट्सले ५ लाख कित्ता सेयर निष्कासन गर्दै
-
एमाले केन्द्रीय कमिटी बैठक : कुनैपनि गुटबन्दीहरू पार्टीले सहन नहुनेमा जोड
-
भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको छ : प्रभु साह
-
‘फिरफिरे फिरिरी’ ट्रेलर : ४ युवकको जीवनमा एक युवतीको प्रवेशले निस्तिने समस्या