विवेकशील साझामा विवाद चर्कियो, रवीन्द्र मिश्रविरुद्ध मोर्चाबन्दी
पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र पार्टीमा आलोचित भएका छन् । पार्टीका असन्तुष्ट नेताहरुले मिश्रको पार्टी सञ्चालनको तौरतरिकाबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।
मिश्रले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र मिश्रकै समूहका भनेर चिनिएका केही नेतासमेत मिश्रविरुद्ध असन्तुष्ट बन्दै मोर्चाबन्दी गरेका हुन् । मिलन पाण्डे निकट प्रवक्ता हरिश भट्टले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभएको बताउँदै आफूहरु विधि र थिति बसाल्न लागिपरेको बताए । उनले आजै असन्तुष्ट समूहको बैठक बसेको पुष्टि गर्दै पार्टीलाई लोकतान्त्रिक बाटोमा हिँडाउन जरुरी भएको बताए ।
अर्का एक नेताका अनुसार मिश्रको क्रियाकलापले पार्टीलाई गम्भीर क्षति पुग्ने देखिएको भन्दै उनलाई कसरी कारबाही गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रीत रहेको बताए । त्यसका लागि असन्तुष्टहरुले हस्ताक्षर संकलन समेत थालेका छन् भने बहुमत जुटाएर प्रक्रियासम्मत ढंगले हटाउने पहल भइरहेको छ।
विशेषगरी मिश्रले एकलौटी रुपमा २६ जना केन्द्रीय सदस्यलाई हटाउनुका साथै राप्रपासँग एकता गर्न लागेको लागेपछि विवाद चर्किएको नेताहरुको भनाइ छ ।
नेता निर्देश सिलवाल, रमेश पौडेल, केशव दहाल लगायतका नेताहरु राप्रपासँग एकता हुन नसक्ने निष्कर्षमा छन् । पार्टीलाई राजावादीको कित्तामा मिश्रले जबरजस्ती उभ्याएको भन्दै यसअघिदेखि नै मिलन पाण्डेले आलोचना गर्दै आएका थिए ।
यसैबीच आइतबार बोलाइएको केन्द्रीय समिति बैठकमा मिश्रको आलोचना भएपछि उनले हतारहतार बैठक टुंग्याएको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु