सेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो
शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो ।
करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको नेप्से लगानीकर्ताको मनोविज्ञानमा हाबी भएको थियो । कहिले बढ्ने र कहिले घट्ने गरेपनि नेप्से २६०० बिन्दुभन्दा तल झरेको थिएन । लगानीकर्ताहरूले यो बिन्दुबाट बजार बढ्ने अपेक्षा गरिरहेका थिए ।
आइतबार र सोमबार नेप्सेमा चलेको दोहोरो अङ्कको पहिरोले लगानीकर्ताको मनोविज्ञान पनि गिरेको छ । आज सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ । व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले घटेको छ । यस्तै, फाइनान्स समूह २.३६ प्रतिशतले खस्केको छ । जीवन बीमा समूह पनि २.३१ प्रतिशतले घटेको छ ।
बजार घटेपनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् । प्रतिकित्ता ९० रुपैयाँ १० पैसाले बढेर ९९१ रुपैयाँ ५० पैसा पुगेको यो कम्पनीको शेयरमा सकारात्मक सर्किट नै लाग्यो ।
आइसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३१ रुपैयाँ ७० पैसाले घट्दै ६२६ रुपैयाँमा झरेको छ । आइसीएफसीका लगानीकर्ताले आज प्रतिकित्ता शेयरमा ४.८२ प्रतिशत गुमाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी