आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामा राजनीति गलत : प्रकाशमान सिंह

सोमबार, १४ चैत २०७८, १५ : २६
सोमबार, १४ चैत २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् । 

उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’

संविधानले उल्लेख गरे जस्तै आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप